Contact :091-520283
E-mail:info@navajeevancoop.com.np
navcoho@gmail.com

सहकारी सिद्धान्तहरु: स्वेच्छिक तथा खुला सदस्यता !! सदस्यहरु द्वारा प्रजातान्त्रिक नियन्त्रण !! सदस्यहरु द्वारा आर्थिक सहभागीता !! स्वायत्तता र स्वतन्त्रता !! शिक्षा, तालिम र सूचना !! सहकारी बीच पारस्परिक सहयोग !! समुदाय प्रति चासो !!

Loan Scheme

व्यापार कर्जा

विभिन्न किसिमको व्यापार व्यवसाय गरिराखेका सदस्यहरुलाई धितो सुरक्षण लिई प्रवाह गरिने कर्जा ।

हायर पर्चेज कर्जा

कृषि, निर्माण, व्यवसाय आदिको आवश्यक साधनहरु जस्तै : बस, मिनिबस, जीप, ट्रक, ट्रयाक्टर, टेम्पो, मोटरसाइकल, पावर टिलर, ट्राली, जेसिभि स्काइभेटर, डोजर, रोलर आदिमा प्रवाह गरिने कर्जा ।

कृषि व्यवसाय कर्जा

कृषि व्यवसायमा आधारित नगदेबाली खेती, पशुपंक्षी पालन, सिंचाइ, कृषि कार्यमा लगाउने यन्त्र उपकरण एवम् अ‍ैजारहरुमा धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

उद्योग व्यवसाय कर्जा

एकलौटी वा एकभन्दा बढी साझेदार वा प्रा.लीमा दर्ता भएका प्रोप्राइटर वा सञ्चालक भइ उद्योग व्यवसाय वा घरेलु कार्यालयमा दर्ता भई नेपाल सरकारको औद्योगिक नीति बमोजिम स्थापना गर्ने र भइरहेको उद्योग सञ्चालन गर्न धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

सेवा व्यवसाय कर्जा

सेवा संग सम्बन्धित विभिन्न क्षेत्रमा व्यवसाय गर्नका लागि धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

मुद्दती धितो कर्जा

संस्थामा जम्मा हुन आएको आवधिक बचत खाता खोलेका सदस्यहरुले आफुले जम्मा गरेको रकमको सुरक्षणका अधारमा प्रवाह गरिने कर्जा ।

विपन्न वर्ग कर्जा

समाजमा निम्न आयस्तर भएका विपन्न वर्ग सदस्यहरुको जीवन आयस्तरमा बृद्धि गर्ने हेतुले धितो सुरक्षण लिइ सानो मात्रामा प्रवाह गरिने कर्जा ।

आपतकालिन कर्जा

संस्थाको शेयर सदस्य भइ शेयर सदस्य प्रमाणपत्र लिएका शेयर धनीको आकस्मिक आइपर्ने खर्च र ती शेयर सदस्यहरुको हकहित संरक्षण गर्नका लागि धितो सुरक्षण लिइ निश्चित रकम सम्म प्रदान गर्ने कर्जा ।

निर्माण कर्जा

व्यापार व्यवसायको लागि घर वा पसल वा गोदाम निर्माणको लागि धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

बचतपत्र तथा सरकारी ऋणपत्र धितो कर्जा

नेपाल सरकार वा नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिएका विकास ऋणपत्रहरु, राष्ट्रिय बचतपत्र, ऋणपत्रहरुलाई धितोमा लिइ प्रवाह गरिने कर्जा ।

उपभोक्ता कर्जा

सस्यहरुको सामाजीक कार्यहरुको लागी अर्थको अभाव भई कामकाज गर्न नसकिएको अवस्थामा सदस्यहरुको आर्थिक समस्या परिपुर्तिका लागि धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

जग्गा तथा घरघडेरी खरीद कर्जा

सदस्यहरुलाई आफनो खेतीयोग्य जमिन वा घडेरी खरीद गर्न र पक्की घर घडेरी खरीद गर्नका लागि मात्र धितो सुरक्षण लिइ प्रवाह गरिने कर्जा ।

वैदेशिक रोजगार कर्जा

वैदेशीक रोजगारीको लागि तेस्रो मुलुकमा जाने कामदारहरुलाई विदेश पठाउने शेयर सदस्यलाई धितो सुरक्षण लिइ प्रदान गरिने कर्जा । 

उच्च शिक्षा अध्ययन कर्जा

सदस्यहरुका जेहेन्दार छोराछोरीहरुको लागी आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले छात्रछात्राहरुको उच्च शिक्षा अध्ययनको लागी धितो सुरक्षण लिइ प्रवाह गरीने कर्जा ।

जमानी कर्जा

नेपाल सरकारको सरकारी सेवा, संघ संस्था, बैंक वित्तिय संस्थाहरुमा स्थायी रुपमा कार्यरत यस संस्थाका शेयर सदस्यहरुलाई निजहरुको आम्दानीको श्रोत, कार्यरत कार्यालयको सिफारीस तथा प्रतिबद्धताका अधारमा प्रवाह गरिने कर्जा ।

Scroll to Top

२०८२ जेठ महिनाको (अपरिष्कृत) वित्तीय विवरण